बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको निगेटिभ देखीएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख शाह हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा रहेका बताएका छन ।
उनको स्वास्थ्यमा कुनै समस्या नभएको नगर प्रमुख शाहले सामाजिक संजालमा जनाएका छन । स्वाव संकलनको बेला सामान्य रुघाखोकी लागेको नगर प्रमुख शाहले बताए । नगर प्रमुख शाह कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालयको सर्बदलिय बैठकमा समेत सहभागी रहेका थिए ।
केही दिन पहिला टाटेँ स्वास्थ्य चौकीमा कार्यरत १ जना कर्मचारीको समेत कोरोना पोजेटिभ देखिएको थियो । हाल सम्म बाजुरामा ४ हजार ३३ जनाको परिक्षणमा बाजुरामा ५ सय ९२ जना कोरोना संक्रमीत रहेका छन भने हाल सम्म २ जना संक्रमीतको मृ’त्यु भईसकेको छ ।
प्रतिक्रिया