मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका कारण देशमा लोकतन्त्र स्थायित्व हुन सकेन् : सभापती स्वाँर

नेकपाका कारण देशमा लोकतन्त्र स्थायित्व हुन सकेन् : सभापती स्वाँर

पार्टी संगठनलाई बलियो बनाउन नेबिसंघको भुमिका अग्रणाी छ : पूर्व पार्टी सभापति शाह


अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले देशमा नेकपाको सरकारका कारण लोकतन्त्रको स्थायीत्व हुन नसकेको बताएका छन् । उनले नेकपाको सरकारले आफ्नो पार्टीमा झगडा गर्न र मिलाउन बाहेक अरु कुनै काम गर्न नसकेको उनको आरोप छ ।

नेपाल बिद्यार्थी संग जिल्ला कार्य समिती अछामले दशैँ, दिपावली तथा छठ पर्वको असवरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवंम चियापान कार्यक्रममा प्रमुख अथिति रहेका सभापती स्वाँरले जनता भोकभोकै मर्ने अवस्थामा पनि सरकारले जनताका नाममा सिन्को समेत भाँच्न नसकेको उनको भनाई छ । सभापती स्वाँरले बर्षमा आउने चाँडपर्वले सबैको घरमा शुख, शान्ति तथा देश विकासका लाग्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका थिए ।

नेविसंघ जिल्ला सभापति नृप साँउदको सभापतित्वमा भएको कार्यक्रमका बिशिष्ट अथिति नेपाली कांग्रेस अछामका पूर्व पार्टी सभापति पुष्प बहादुर शाहले नेबिसंघ अछामले जिल्लामा बिभिन्न समयमा रचनात्मक कार्य गर्दै आईरहेकोमा खुशी व्यक्त गरे । साथै उनले पार्टी संगठनलाई बलियो बनाउन नेबिसंघको भुमिका महत्वपूर्ण हुने भन्दै आगामी दिनमा समेत सक्रिय रहन आग्रह गरे ।

कार्यक्रममा अर्का बिशिष्ट अथिति सुदूरपश्चिम प्रदेश सभाका प्रदेश सदस्य माननिय अम्बी थापाले नेकपा सरकारको बहुमतका कारण आफुले जनताका लागि ल्याएका एजेण्डा समेत ओझेलमा परेको बताईन् । आफुले जनता र जिल्लाका लागि गर्न सकिने काम गरेको उल्लेख गर्दे उनले आगामी दिनमा पनि जारी राख्ने प्रण गरिन् ।

कार्यक्रममा महासमिती सदस्य तथा पञ्चदेवल बिनायक नगरका नगर प्रमुख देवराज देवकोटा, महासमिती सदस्य बल बहादुर कुवँर, गणेश बिष्ट, जिल्ला पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगाना, पार्टी सचिव नम बहादुर शाही लगायतले दशैँ, तिहार तथा छठको शुभकामना मन्तव्य दिदैँ सबैमा शुख शान्ति र अमनचयन, देशमा स्थायीत्व कायम होस् भन्ने कामना गरेका थिए । साथै उनिहरुले नेबिसंघ अछामको सक्रियता प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत क्रियाशिल रहन आग्रह गरेका थिए ।