‘शिक्षा, स्वास्थ्य र सरसफाइमा जिम्मेवार बन्नुपर्ने नगरप्रमुख बाेहराकाे भनाइ’
अछाम । कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर १ मा सम्पन्न भएको छ । वाक नेपालकाे सहयाेग र मंगलसेन नगरपालिकाकाे सहजिकरणमा राहत वितरण गरिएको हाे ।
कक्षा सञ्चालन भएका वाक नेपालका अध्यक्षता मीन बहादुर कुवरकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा रहेका थिए। राहत बितरण गर्दै नगरप्रमुख बाेहराले बिद्यालय बिमुख किसाेरिहरुलाई साक्षर बनाउन र बृहत् याैनिक शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद ब्यक्त गरे ।
शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई नगर प्रमुख बोहराको आग्रह छ । काेराेना भाईरसबाट बच्नका लागि सरसफाइमा ध्यान दिने, मास्क लगाउने र भिडभाडमा नजाने लगायतका कुरामा ध्यान दिन अनुरोध गरे ।
नगर प्रमुख बाेहराले ब्यावसायिक कृषि र पशुपालन तर्फ स्थानीयले जाेड दिएमा नगरपालिका बाट विभिन्न अनुदानका कार्यक्रम उपलब्ध गराईने उल्लेख गरे । कार्यक्रमका बिशिस्ट अतिथि वडा अध्यक्ष गाेपाल थापा रहेका थिए ।
वडा अध्यक्ष थापाले वडामा ४२ जना किसाेरिहरुलाई राहत बितरण गरेकाेम वाक नेपाललाई धन्यवाद दिए । संस्थालाई अागामि दिनमा पनि किशोरीलाई लक्षित कार्यक्रम सञ्चालन गरिदनि अाग्रह गर्दै अध्यक्ष थापाले वडाको तर्फबाट सम्पूर्ण सहयाेग गरिने प्रतिबद्धता ब्यक्त गरे ।
राहत बितरण कार्यक्रममा २ वटा कक्षाका ४२ जनालाई प्रतिब्यक्ति ३० किलाे चामल, दाल ३, नुन २ चिनि २ तेल २ लिटरका दरले खाद्यान्न र स्वास्थ्य सामग्री गरि एक जनालाई ५ हजार ७ सय १९ बराबरकाे सामाग्रि बितरण गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन वाक नेपालका कविराज जाेशिले गरेका थिए ।
प्रतिक्रिया