मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप एक हजार ९१३ जना संक्रमित, १५ जनाको मृत्यु

थप एक हजार ९१३ जना संक्रमित, १५ जनाको मृत्यु


काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ छ। 

बिहीबार नेपालमा ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयको तथ्यांक छ ।