बाजुरा : जिल्ला प्रशासन कार्यलय बाजुराले तिहारका बेलामा खेलिने देउसी भैलो खेल्न रोक लगाएको छ।
कोरोना भाइरसको संक्रमणको दर दिन प्रति दिन बढिरहेकोले जिल्ला प्रशासन कार्यलय बाजुराले देउसी भैलो खेल्न रोक लगाएको छ ।
चाडपर्वको समयमा मानिसको आवतजावत बढि हुने भएकाले संक्रमण फैलिने सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय बाजुराले भिडभाड विना नै चाडपर्व मनाउन आग्रह गरेको छन ।
तिहारका वेला जिल्लामा मानिस भिड हुने भएकोले नागरिकले एक ठांउबाट अर्को ठाँउमा आउदा जादाँ सुरक्षाका मापदण्डका साथ जानुपर्ने जमघट,भिड भाड हुने गरि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलय बाजुराले एक सुचना मार्फत जानकारी गराएको छ ।
तिहारको बेला पटकाबाट आगलागि हुनुका साथै ठुलो मानविय तथा धनजनको क्षति हुने भएकोले दिपावली जस्तो तिहारमा पटका जस्ता आगलागी हने बस्तुको बेचविखन र प्रयोग नगर्न जुवातास नखेल्न नखेलाउन लगायत ठुलो भिडभाड हुने गरि शुभकामना आदानप्रदान जस्ता कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यलय बाजुराले एक सुचना मार्फत जानकारी गराएको हो ।
खेलकुद प्रतियोगिता लगायत रमाईला ठुला सांस्कृति जस्ता कार्यक्रम नर्गन समेत जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ।
प्रतिक्रिया