मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा यात्रुवहाक बस दु’र्घ’टना हुँदा ९ जनाको मृ’त्यु

बैतडीमा यात्रुवहाक बस दु’र्घ’टना हुँदा ९ जनाको मृ’त्यु


बैतडी – बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घ’टनामा ९ जनाको ज्या’न गएको छ । २५ जना घा’इते भएका छन् । 

बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दु’र्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

८ जनाको घट’नास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्या’न गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दु’र्घटनामा ज्या’न गु’माउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्या’न गएको छ । अन्य घा’इतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।