मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ३ गते अर्को बैठक बस्ने गरि नेकपा सचिवालय बैठक सकियो

मंसिर ३ गते अर्को बैठक बस्ने गरि नेकपा सचिवालय बैठक सकियो

सुदूर आज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको ४० मिनेटमै सकिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा नेकपाका बहुमत सचिवालय सदस्यहरुले बैठकका लागि बुझाएको पत्र, त्यसपछि प्रधानमन्त्रीले बहुमत सचिवालय सदस्यलाई पठाएको पत्र र ती सबैलाई समेटेर अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो ।

यी सबै अध्ययन गरेर मंसिर ३ गते अर्को बैठक बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी गराए । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बहुमत सचिवालय सदस्यले केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग गर्ने तयारी यसअघि गरिसकेका थिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन्  ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ हुने बताएका हुन् ।