मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशन प्रतिनिधि बुढाको सम्मानका साथ अ’न्तेष्टी

कांग्रेस महाधिवेशन प्रतिनिधि बुढाको सम्मानका साथ अ’न्तेष्टी

सुदूर आज

अछाम – नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् अछाम क्षेत्र न १ का पुर्व क्षेत्रिय सभापति प्रेमबहादुर बुढाको अ’न्ते’ष्टी गरिएको छ। हिन्दु परम्परा अनुसार बुढाको कैलाश खोलामा दा’हसं’स्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

अ’न्तेष्टी कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार जिल्ला सदस्य केश बहादुर बटाला नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सभापति नन्दराज उपाध्याय सचिव पुर्ण विक नेता चन्द्र विक पुष्प बिष्ट दल बहादुर साउदले उहाँको प्राथिव शरिरमा नेपाली कांग्रेसको झण्डा ओडाएर अन्तिम श्र’द्धाञ्जली दिएका थिए ।

नेता बुढाले तत्कालीन द्वन्द्वकालमा पनि पाटीको नेतृत्व सम्मालेर पाटी संगठनलाई बलियो बनाउन ठुलो योगदान गरेको र यसको उहाँ लाई जति प्रशंसा गरेपनि कम हुने कांग्रेसले बताएको छ साथै उहाँको निधनले कांग्रेसलाई ठुलो अपुरनिय क्षेति पुगेको कांग्रेस रामारोशन गाउँ पालिकाको ठहर छ।

दुखको यश घडिमा सबै नेता कार्याकर्ता तथा परिवारलाई धर्य गर्ने शक्ति प्रदान गरुन् भन्ने नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले समवेदना पनि प्रकट गरेको छन। साथै उहाँको लगनशीलता र संघर्ष अछाम कांग्रेसलाई ठुलो सहयोग भएको सभापति स्वारले बताउनुभयो ।

यस्तै नेता बुढाको अन्तेष्टी कार्यक्रममा रामारोशन गाउँ पालिका अध्यक्ष झंकर साउदले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन । श्रद्धाञ्जली दिदै अध्यक्ष साउदले रामारोशन क्षेत्रका लागि उहाले गर्नु भएको काम तथा सरल व्यवहार सबैले अनुसरण गर्नु पर्ने बताउनु भएको छ। उहाँको निधनले सिङ्गो रामारोशनले एक कुशल नेतृत्व गुमाएको बताउनुभएको छ।

अन्तेष्टी कार्यक्रम नेपाल कम्युनिस्ट पाटी नेकपा जिल्ला सदस्य ललिता बुढा रामारोशन गाउँ पालिकाका कर्मचारी दल बहादुर साउद निराजन रोकाया लगायत समाजसेवी बुद्धिजीवी हरुले श्रद्धाञ्जली अर्पण गरेका छन। प्यारालाइसिस बाट लामो समय देखि पिडित बुढाको आफ्नै घर रामारोशन गाउँ पालिका ५ पातलमा निधन भएको थियो