मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा १३ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा १३ कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ । 

सोही अवधीमा १ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ५०३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ । 

हालसम्म संक्रमित मध्ये १ लाख ७० हजार ६३२ निको भइसकेका मन्त्रालयले जनाएको छ ।