मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीका पहिलो जिविस सभापति तथा कांग्रेस नेता उपाध्यायको नि’धन

डोटीका पहिलो जिविस सभापति तथा कांग्रेस नेता उपाध्यायको नि’धन


डोटी: डोटी नेपाली कांग्रेस डोटीका नेता तथा पूर्व जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको नि’धन भएको छ । दमका बिरामी नेता उपाध्यायको उपचारका क्रममा नेपालगञ्ज स्थित कोहलपुर अस्पतालमा निधन भएको हो ।

काठमाण्डौंबाट दशैंका लागि कैलाली आएका ७४ वर्षीय नेता उपाध्यायको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज स्थित कोहलपुर अस्पताल लगिएको थियो । उनको आइतबार बिहान अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो ।

बहुदल आएपछि २०५९ सालमा जिल्ला विकास समितिको पहिलो सभापतिमा निर्वाचित उपाध्याय विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

नेता उपाध्यायको कैलालीस्थित टिकापुरमा आजै दाहसंस्कार गरिएको नेपाली कांग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले जानकारी दिए ।