मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना सङ्क्रमितकाे सङ्ख्या १० लाख नाघ्ने ११ देश कुन हुन् हेर्नुस

काेराेना सङ्क्रमितकाे सङ्ख्या १० लाख नाघ्ने ११ देश कुन हुन् हेर्नुस

सुदूर आज

ज्या’न गुमाउनेकाे सङ्ख्या १३ लाख नाघ्याे

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण १३ लाखभन्दा धेरैको ज्या’न गएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर आइतबार बिहानसम्म १३ लाख १८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ । 

त्यस्तै अहिलेसम्म पाँच करोड ४३ लाख २८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा तीन करोड ७८ लाख ७१ हजारभन्दा धेरै डिस्चार्ज भएका छन् । अहिलेसम्म विश्वका दुई सय १७ देशमा कोरोना सङ्क्रमण देखिएकोमा अमेरिका सबैभन्दा प्रभावित भएको छ ।

त्यहाँ सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ । अमेरिकामा अहिलेसम्म एक करोड १२ लाखभन्दा धेरैमा सङ्क्रमण देखिँदा दुई लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै सङ्क्रमण देखिएकामध्ये ६८ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् । कोरोनाबाट प्रभावित देशको दोस्रो नम्बरमा भारत छ । त्यहाँ ८८ लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख २९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये ८२ लाख पाँच हजारभन्दा धेरै निको भएका छन् । सङ्क्रमितको सङ्ख्या ५८ लाख ४८ हजारभन्दा धेरै भएको ब्राजिल कोरोनाबाट प्रभावित देशको तेस्रो स्थानमा छ ।

त्यहाँ अहिलेसम्म एक लाख ६५ हजारभन्दा धेरैको ज्यान गएकोमा सङ्क्रमितमध्ये ५२ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् ।  सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्नेमा फ्रान्स, रुस, स्पेन, बेलायत, अर्जेन्टिना, कोलम्बिया, इटली र मेक्सिकोसहित ११ देश भएका छन् ।

शनिबारसम्म नाै लाख ९७ हजार सङ्क्रमित रहेकाे मेक्सिकाेमा आइतबार बिहानसम्म १० लाख तीन हजारभन्दा धेरै पुगेका हुन् ।  नेपालमा अहिलेसम्म दुई लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा एक हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये अहिलेसम्म एक लाख ७० हजारभन्दा धेरै निको भएका छन् । अहिले नेपाल कोरोना प्रभावित देशको ३५ औँ स्थानमा छ । दुई दिन अघिसम्म नेपाल ३४ औँ स्थानमा थियो ।