मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं- पार्टीको सचिवालय बैठक रोक्न जोडबल गर्दै आएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक डाकिएकै समयमा मन्त्रिपरिषद्को बैठक राखेका छन्। 

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ। तर, बुधबार कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्। 

नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो। प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्।

एक मन्त्रीले आफूलाई १ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी आएको पुष्टि गरे। ‘मलाई मोबाइलमा १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भनेर खबर आएको छ’, उनले भने।

प्रधानमन्त्रीले सचिवालय बैठककै समयमै मन्त्रिपरिषद्को बैठक बोलाएकाले उनी पक्षीय समूह सचिवालय बैठक बस्न तयार नभएको जनाउ दिएको छ।