मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तत नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने, ‘फेस’ गर्न ओली तयार

अन्तत नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने, ‘फेस’ गर्न ओली तयार


काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्न पटक पटक आग्रह र ताकेता गरे पनि बैठक आजै १ बजे बस्ने भएको हो। 

बैठकका विषयमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको बताए । यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले मंसिर ३ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी मिति तय गरेको थियो ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनसमेत पेश गरेका थिए । प्रतिवेदनमा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको, ओलीकै कारण पार्टीमा समस्या आएको लगायतको आरोप लगाइएको छ । 

उक्त प्रतिवेदनपछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म पनि प्रयासरत थिए । बैठक नसर्ने अवस्था बनेपछि उनले दिउँसो १ बजेकै लागि मन्त्रिपरिषद्को बैठक डाकेका थिए । 

अन्तिम समयमा आएर उनी बैठकको सामना गर्न तयार भएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारेका छन् । 

कम्तिमा १ घण्टा भए पनि बैठकमा बस्ने र नेताहरुको कुरा सुन्ने पक्षमा ओली पुगेको स्रोतले बताएको छ । उनी निकटका नेताहरुले नै बैठकबाट नभाग्न भनेपछि उनी बैठकमा बस्न तयार भएका हुन् ।