मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको प्रस्ताव आरोपले भरियो, एक एक जवाफ दिन्छु : ओली

प्रचण्डको प्रस्ताव आरोपले भरियो, एक एक जवाफ दिन्छु : ओली


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपा सचिवालय बैठकमा पेस गरेको प्रस्ताव लाञ्छनायुक्त र आरोपले भरिएको पत्र भएको बताएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा उनले यस्तो धारणा राखेको एक नेताले जानकारी दिए । उनका अनुसार ओलीले आफूमाथि लागेका आरोपको एक एक जवाफ दिने तर त्यसका लागि केही दिन समय लाग्ने बताएका थिए ।

“प्रधानमन्त्रीले प्रचण्डको प्रस्ताव लाञ्छनायुक्त गम्भीर आरोपले भरिएको छ भनेर भन्नुभयो,” एक सदस्यले जानकारी दिँदै भने,“यसको प्रतिवाद नगरी बस्न सकिँदैन । म एक एक जवाफ दिन्छु । त्यसका लागि केही समय लाग्छ । त्यसपछि बैठक बसौँला ।”

ओलीको प्रस्ताव लेख्नका लागि समय माग गरेपछि सचिवालय बैठक १३ गतेसम्म स्थगित गरिएको छ ।