मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट एकैदिनमा १० हजार ८ सयको मृ’त्यु, कुन देशमा कतिको ज्यान ग’यो ?

कोरोनाबाट एकैदिनमा १० हजार ८ सयको मृ’त्यु, कुन देशमा कतिको ज्यान ग’यो ?

सुदूर आज

काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिनमा यतिधेरै संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो पटक हो । 

यसअघि नोभेम्बर १७ अर्थात मंगलबार १० हजार ५ सय ३६ जनाको मृत्यु भएको थियो । कोरोनाबाट हुने मृत्यु हरेक दिनजसो उकालो लाग्दै गएको छ । 

एक महिना अघि अर्थात अक्टोबर १८ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार १ सय ९ थियो । पछिल्लो एक महिनामा मृत्युदर ह्वात्तै बढेको छ ।

वर्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । जहाँ १ हजार ९ सय ५६ जनाले एकै दिनमा ज्यान गुमाएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ७ सय ५४, इटालीमा ७ सय ५३, पोल्यान्डमा ६ सय ३, भारतमा ५ सय ८७, बेलायतमा ५ सय २९, इरानमा ४ सय ८०, रुसमा ४ सय ५७, फ्रान्समा ४ सय २४ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

अमेरिका र युरोपका देशकहरुमा पछिल्लो एक महिनायता संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । 

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वरभर कोरोनाबाट १३ लाख ४७ हजार ७ सय ७८ जनाको. मृत्यु भएको छ । ५ करोड ६१ लाख ६६ हजारभन्दा धेरै संक्रमित भएका छन् । 

सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ । जहाँ १ करोड १५ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ५० हजार ४ सय २६ जनाको मृत्यु भएको छ ।