मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा थपिए २ हजार १०३ संक्रमित, १७ जनाको मृ’त्यु

२४ घण्टामा थपिए २ हजार १०३ संक्रमित, १७ जनाको मृ’त्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन्। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचना अनुसार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर हालसम्म संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। 

त्यस्तै  संंक्रमणका कारण पछिल्लो २४ घण्टामा १७ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेकोसंख्या १ हजार २७६ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा २ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।  

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ।