मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारद्धय कुँवर र रावल नेकपा अछामको जिल्ला कमिटीमा मनोनित

पत्रकारद्धय कुँवर र रावल नेकपा अछामको जिल्ला कमिटीमा मनोनित


अछाम – नेपाल कम्युष्टि पार्टी नेकपा अछामको जिल्ला कमिटी सदस्यमा पत्रकारद्धय राजेन्द्र कुँवर र नरेन्द्र रावल मनोनित भएका छन्। उनीहरु २ जनालाई नेकपाको चोथौ पूर्ण वैठकले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो । कुँवर र रावल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।

रावल हाल प्रेस संगठनका जिल्ला संयोजक हुन् भने कुँवर रेडियो हाम्रो सफलता एफएमका अध्यक्ष, तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन्। मनोनित रावल एनटिभी अछाम सम्बाददाता तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य समेत हुन्। यस्तै कुँवर रेडियो जनप्रिय एफएम, रामारोशन एफएमका पूर्व निर्देशक समेत हुन्।

पत्रकार कुँवर २०५१ सालमा अखिलको जिल्ला  कमिटी सदस्य, २०५३ मा कोषाध्यक्ष, २०५४ देखि २०५७ सालसम्म जिल्ला कमिटी उपाध्यक्ष, २०५४ सालमा ईलाका कमिटी सचिव, २०५६ सालदेखि २०६४ सालसम्म पार्टीको प्रचार विभाग सदस्य र २०५४ देखि २०५६ सम्म अखिलको सदस्य हुँदै २०७७ सालमा नेपाल कम्युष्टि पार्टी नेकपा अछामको जिल्ला कमिटी सदस्य चयन भए।

प्रेस संगठनका जिल्ला संयोजक रावल तत्कालिन नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य हुँदै अहिले दुई पार्टीको एकिकरण पछि जिल्ला कमिटी सदस्यमा चयन भएका हुन्।