‘जिल्लाको एकमात्र प्रयोगशाला ४ दिन देखी ठप्प‘
अछाम । जिल्लामा पछिल्लो समयमा कोरोना भाईरसको परिक्षणको लागि स्वाब संकलन हुन छाडेको छ । तिहारपछि भने एकजनाको समेत स्वाब संकलन नभएको पाईएको छ । देशभर कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपनि अछाममा जिल्ला भित्रै पिसिआर परिक्षण प्रयोगशाला हुदाँ समेत स्वाब संकलन भएको छैन ।
जिल्लामा एकमात्र कोरोना परिक्षण गर्न स्थानिय पालिका कमलबजार नगरपालीकाले स्थापना गरेको कोरोना परिक्षण प्रयोगशालामा बिगत ४ दिन देखि स्वाब नहुदा कोरोना परिक्षण रोकिएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
अछाम जिल्लाका बिभिन्न १० वटा स्थानीय तहहरुले स्वाब संकलन नगर्दा कमलबजार नगरपालिकाको पहलमा स्थापना भएको जिल्लाको एकमात्र प्रयोगशालामा कोरोना परिक्षण रोकीएको प्रयोगशालाका सुचना अधिकारी बिष्टको भनाई छ ।
हाल जिल्लामा भारत सहित अन्य देशका बिभीन्न ठाउँ बाट जिल्ला भित्रीने र बाहिरलेको संख्यामा कमी नआएको कारण पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान छ । जिल्ला भित्र र बाहिर ओहोर दोहोर गर्दा संक्रमण फैलिएको हुने सक्ने आंकलन गरिन्छ ।
कमलबजार नगरपालीकाले स्थापना गरेको कोरोना परिक्षण प्रयोगशालामा हाल क्षमता भन्दा न्युन संख्यामा मात्रै कोरोना परिक्षण हुने गरेको छ । दैनिक ९६ संख्यामा कोरोना परिक्षण गर्ने क्षमता रहेको प्रयोशालामा सुरुवातमा २४ घण्टामा १ सय २८ जनाको कोरोना परिक्षण हुने गरेको थियो ।
प्रयोगशाला स्थापना भएपछि अछाम सहित बाजुरा तथा दैलेख जिल्लाका समेत केही स्थानीय तहबाट स्वाब संकलन भई कमलबजारमा आउने गरेको थियो । सूचना अधिकारी बिष्टका अनुसार हिजो मात्र केहि स्वाब स्याम्पल प्राप्त भएकाले आज रिपोर्ट दिन सकिने बताए।
पछिल्लो समयमा अछाममा दिनमा ५० जनाको स्वाब समेत संकलन हुदैँन । देशका बिभिन्न ठाउँमा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला अछाममा भने कोरोना परीक्षणको लागि स्वाव नै संकलन नहुँदा जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको छ ।
प्रतिक्रिया