मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीभित्रको विवाद गम्भीर मोडमा : महासचिव पौडेल

पार्टीभित्रको विवाद गम्भीर मोडमा : महासचिव पौडेल


काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद गम्भीर मोडमा पुगेको नेताहरूले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धुम्बाराहीमा छलफलपछि महासचिव विष्णु पौडेलले परिस्थिति निक्कै गम्भीर भएको प्रतिक्रिया दिए।

भेटमा अध्यक्ष प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर अवस्थामा रहेको तर समस्या समाधानहीन भने नरहेको बताएको स्रोतले जनाएको छ । यसअघि बुधबार सचिवालय बैठक बस्नुअघि पनि महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गरेका थिए ।

शुक्रबार नै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उनिहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । अध्यक्ष प्रचण्डले प्रस्ताव पेस गरेसँगै नेकपाभित्रको विवाद झनै बल्झिएको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डविरूद्ध आक्रोश व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मङ्सिर १३ गतेसम्मको समय मागेका छन् । त्यसअघि विभिन्न चरणमा छुट्टाछुट्टै छलफल सुरु भएको हो ।