मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जं’गलमा विप्लव समूहको गो’प्य सै’न्य तालिम, स्थानीय तह निसानामा

जं’गलमा विप्लव समूहको गो’प्य सै’न्य तालिम, स्थानीय तह निसानामा


काठमाडौं । सरकारद्वारा प्र’तिब’न्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सै’न्य तालिममा संलग्‍न रहेको खुलेको छ । कोरोना महामारीको मौका छोपेर सो समूहले पूर्व र पश्चिम नेपालका विभिन्‍न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन भइरहेको खुलेको हो । सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार विप्लव समूहको जनमुक्ति सेनाको गण्डक ब्युरोअन्तर्गतको सैन्य तालिम सम्पन्‍न भएको छ ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार तनहुँको पहाडी क्षेत्र, सोलुखुम्बु, कालीकोट, जुम्ला, जाजरकोटमा सैन्य तालिम सम्पन्‍न भइसकेको छ भने डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा सैन्य तालिम सञ्चालन गर्ने तयारी छ । सत्तारुढ दलको विवाद उत्कर्षमा पुगेको र सरकारको लोकप्रियता खस्किँदै गएको निष्कर्ष निकाल्दै विप्लव समूहले सरकारले दमनको नीति लिएकाले प्रतिरक्षाका लागि तालिम आवश्यक समूहको दाबी छ । विप्लव समूहको सैन्य दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाका लडाकु रहेको बताइएको छ । सैन्य तालिम र प्रशिक्षणमा सो पार्टीका जनसरकार प्रमुख सन्तोष बुढा, उदय चलाउनेलगायत सहभागी हुने गरेको पाइएको छ । ७ दिनदेखि २० दिनसम्मको तालिम दिइएको पाइएको छ ।

तालिममा राजनीतिक, सांगठनिक र हतियारबारे समेत प्रशिक्षण दिइएको छ । सो समूहलाई प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । आन्तरिक सुरक्षामा विप्लव समूह नै मुख्य चुनौती रहेको सुरक्षा निकायको विश्लेषण छ । यसअघि सो समूहसँग वार्ता हुने चर्चा चले पनि एजेन्डामा कुरा नमिल्दा पछिल्लो समय वार्ताको कुरा सेलाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपाले स्थानीय तहका जनप्रतिनिधिलाई निसाना बनाउँदै आएको छ । विभिन्‍न स्थानमा चन्दा आतंकसमेत मच्चाएको पाइएको छ भने कतिपय जनप्रतिनिधिलाई समेत अपरहण गरेको विभिन्‍न घटनाक्रमले पुष्टि भएको छ ।

एक उच्च सुरक्षा अधिकारीले भने, “सो समूहका गतिविधि हिंसाउन्मुख देखिएका छन् । ठाउँ-ठाउँमा नेता कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । विकट स्थानमा रहेका प्रहरी चौकी, स्थानीय तहलाई उनीहरुले निसाना बनाउने सम्भावना बढेको छ ।” प्रहरीले सो समूहका सयौं नेता-कार्यकर्तालाई पक्राउ गरे पनि विप्लवको सूचना भने पाउन सकेको छैन । पछिल्लो तीन वर्षयता विप्लव भूमिगत छन् । उनको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित छ ।