मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा थपिए १९ सय ४५ संक्रमित, २२ जनाको मृ’त्यु

२४ घण्टामा थपिए १९ सय ४५ संक्रमित, २२ जनाको मृ’त्यु


काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ९४५ कोरोना संक्रमित थपिएका छन्। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार २९८ पुगेको छ।

२४ घण्टामा पाँच हजार ३६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।