मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा चार करोडभन्दा धेरैले कोरोनालाई जिते

विश्वमा चार करोडभन्दा धेरैले कोरोनालाई जिते

सुदूर आज

काठमाण्डाै – विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमण मुक्त भएका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले कोरोनालाई जितेका वल्र्डओमिटरले जनाएको छ ।

विश्वमा अहिले पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यस्तै सङ्क्रमित भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यही अवधिमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ ।

अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २ सय ४० जनाको ज्यान गएको छ ।

यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।