काठमाडौं- बढ्दै गएको चिसोसँगै देशका अधिकांश स्थानको तापक्रम घट्दै गएको छ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि शुक्रबार यो वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम ५.५ डिग्री सेन्टिग्रेड थियो । विगतको वर्षको तुलानामा यस वर्ष चाँडैदेखि चिसो सुरु भएको र तापक्रम पनि घटेको महाशाखाले जनाएको छ ।
जोमसोमको न्यूनतम तापक्रम माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ भने जुम्लाको तापक्रम माइनस ४.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । महाशखाका अनुसार आजको मौसम दिउँसोबाट बद्लिने छ ।
अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुने मौसमविद्हरुले बताएका छन् । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भोगमा मौसममा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
मंसिर ७ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
मंसिर ८ गते (सोमबार)
दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंसिर ९ गते (मंगलबार)
दिउँसो : प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया