मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ११ हजार ७५२ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा विश्वमा ११ हजार ७५२ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४१ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७२ लाख ७४ हजार १८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ७५२ कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ६८ हजार  जनाको मृत्यु भइसकेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।