मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीको जोरायल गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जाेडिए

डोटीको जोरायल गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जाेडिए


डोटी – डोटीको जोरायल गाउँपालिकाका ६ वटै वडा सडक सञ्जालमा जोडिएका छन् । गाउँ पालिकाको एक करोडको लगानीमा त्यहाँका सबै वडाहरुमा सडक सञ्जाल पुगेको हो ।

सबै वडाभरिमा सडक सञ्जाल पुगेपछि स्थानीयवासीलाई यातायातका लागि सहज भएको छ । सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य चिजवस्तु बजारसम्म पुर्याउन सहज भएको जोरायल गाउँपालिका–५ गड्सेराका दीद्र्दबहादुर बोगटीले बताए ।

उनले भने,’सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिजवस्तु बजारसम्म पुर्याउन सहज भएको छ, किसानको आयस्तर बढ्नेछ ।’ गाउँपालिकाका हरेक वडा कार्यालयमा सडक सञ्जाल पुर्याउने उद्देश्यले सडक विस्तारको काम गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उनले भने,’पाँच वर्षभित्र सबै वडा कार्यालयमा सडक पुर्याउने उदेश्यअनुसार हामीले काम अगाडि बढाएका थियौँ, समयमै काम सकियो यही खुसीको विषय हो ।’ वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने कामसँगसँगै टोलटोलमा सडक सञ्जाल विस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिए ।