मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा मंगलसेन नगरकमिटिकाे बैठक सकियो

नेकपा मंगलसेन नगरकमिटिकाे बैठक सकियो


अछाम – नेकपा मंगलसेन नगरकमिटिकाे ५ अाैं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगर कमिटि अध्यक्ष बृख बहादुर बाेगटिकाे अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य यज्ञ बाेगटि प्रमुख अतिथि रहेका थिए।

बैठकमा मंगलसेन नगरप्रमुख पदमबहादुर बाेहरा बिशिस्ट अतिथि रहेका थिए । नगर कमिटी ईञ्चार्ज चन्द्र बाेहरा, सह ईञ्चार्ज रामराज नाथ लगायत नगरबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरुकाे सहभागीता रहेकाे बैठकले नगर कमिटीको ५ सदस्यीय कार्यालय टिम र २७ सदस्यीय सचिवालय टिम गठन गरेकाे छ।

नगरभित्रका सबै वडामा पार्टी सदस्यता मंसिर २४ भित्र गरिसक्ने निर्णय गरिएको छ । यस्तै बैठकले नगर कमिटीकाे कार्यालय सचिवमा नैन बहादुर बिकलाई चयन गरेकाे छ । यसैगरि संघिय माननिय र प्रदेश माननियकाे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि याेजना सिफारिस गरेकाे छ।

विभिन्न ब्यक्तिहरुकाे निध’न भएकोप्रति शाे’क प्रस्ताव समेत पारित गरेकाे छ । बैठकको सञ्चालन नगर कमिटी सचिव ज्ञान बहादुर रावलले गरेका थिए।