धनगढी : नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले पार्टीका २ अध्यक्षले आफुहरुलाई वेवास्ता गरी अगाडि बढेको आरोप लगाएका छन् ।
पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै उनले बाँकी नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाएका हुन् ।
आइतबार धनगढीमा प्रेस संगठन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावल भने, ‘अध्यक्षद्वयले पार्टीको अन्तरविरोधवारे कुरा राख्नु ठीक छ । हामीले पनि राख्न पाउनुपर्छ ।’
पार्टीको सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता रावलले पार्टी अहिले गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै यसघि आफुहरुले पार्टीलाई दिएको सुझावलाई नजरअन्दाज गरेको भन्दै गुनासो पोखे ।
प्रतिक्रिया