मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा १६ सय ६९ संक्रमित थपिए, १६ जनाको मृ’त्यु

२४ घण्टामा १६ सय ६९ संक्रमित थपिए, १६ जनाको मृ’त्यु


काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ६६९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हालसम्म जम्मा संक्रमितको संख्या २ लाख २० हजार ३०८  पुगेको छ। 

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ।

२४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५ हजार ६९९ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ जना छ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ।