मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा थपिए १९ सय ८० संक्रमित, १६ को मृ’त्यु

२४ घण्टामा थपिए १९ सय ८० संक्रमित, १६ को मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । 

सोही अवधीमा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ४३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । 

हालसम्म संक्रमित मध्ये २ लाख २ हजार ६७ निको भइसकेका मन्त्रालयले जनाएको छ ।