मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख बढी

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख बढी


काठमाडौं – नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको हो। 

यो कुल संक्रमित मध्ये ९०.९ प्रतिशत हो। सोमबार थपिएकासँगै कुल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ। 

संक्रमणमुक्त हुनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख आठ हजार ७५ जना छन्। 

त्यस्तै प्रदेश–१ मा २३ हजार ७६७, प्रदेश–२ मा १९ हजार १९१, गण्डकीमा ११ हजार ३७६, लुम्बिनी प्रदेशमा २२ हजार ५४ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा पाँच हजार ८४२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ४८६ जना संक्रमणमुक्त भएका छन्।