फाईल फोटो
अछाम । “लैंगिक हिं’शा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबढ्ता” भन्ने मूल नाराका साथ महिला हिं’शा बिरुद्दको १६ दिने अभियान अन्तर्गत २९ औं अन्तर्क्रिरया कार्यक्रम अछामको मंगलसैनमा सकिएको छ ।
समाबिकस नेपालको आयोजनामा भएको कार्यक्रम जिल्ला समन्वय समिति अछामका संयोजक नर बहादुर कुँवरले अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य साँसद यज्ञ बोगटी रहेका थिए ।
साँसद बोगटीले महिला हिं’शा गर्नेलाई कार’वाही हुने नीति नियम बनाईएको भन्दै अभियान र दिवसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए । महिलाको अधिकालाई सुनिश्चित गर्न सरकारले कानुन ल्याएको उनको भनाई थियो । बालविवाह लाई मात्र अन्त्य गर्न सक्यो भने महिला हिं’साको पाटो अन्त्य हुने र कही कतै महिलालाई हिं’शा भएको भए आफूलाई जानकारी गराउन आग्रह गर्दै न्यायको लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको साँसद बोगटीले बताए ।
जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवरले महिला हिं’साका अन्त्यको लागि कार्यक्रम गर्न लागेको लामो समय सम्म पनि महिला हिं’शा न्यूनि’करण हुन नसक्नु दुःखद भएको बताए । महिला हिं’शा महिलाबाट धेरै भइरहेको बताउँदै उनले महिला हिं’शा अन्त्यको लागि घर बाटै सुरु गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी अछामका प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले सरकारको जग एउटा वडा कार्यालय भएकाले यस्ता हिं’साका बिरु’द्ध वडा कार्यालय बाटै आवाज उठाउन जरुरी रहेको बताए । प्रत्येक पालिका वडामा जनचेतना जगाउन केही परिवर्तन हुन सक्नेमा आफू विश्वस्त रहेको उनले बताए । सोच सँगै व्यवहार पनि परिवर्तन हुन जरुरी रहेको भन्दै उनले नागरिक सचेतना सँगै लैंगिक हिं’शा अत्यन्त सम्बन्धी जनचेतना जगाउने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र बहादुर थापाले गाउँघरमा हुने घ’टना गाउँघर मिलाउने परिपाटीले पीडितले न्याय पाउन नसकेको औल्याए । जिल्लामा भएका हिं’शाका घ’टनाको बारेमा जानकारी दिँदै थापाले यो आर्थिक वर्षमा मात्र १९ आ’त्मह’त्याका घ’टना भएको जानकारी दिए ।
५ महिनाको अवधीमा १३ जनाले आ’त्मह’त्या गरेको उनले बताए । हाल सम्म जबरजस्ती ३ ओटा, जबरजस्ती उद्योगका २ ओटा, जातीय छुवाछुतका २ ओटा र कर्तव्य ज्यान मा’र्ने उद्योगका ५ ओटा घ’टना घटेको र सबैलाई का’नुनी दा’यरामा ल्याएको उपरिक्षक थापाको भनाई छ ।
कार्यक्रमका सहभागीले लैगिक हिं’शाको मुख्य कारण आर्थिक अवस्था, बालविवाह रहेकाले यसको अन्त्यको लागि आफ्नो सुरुवात आफैबाट गर्न आवश्यक रहेको बताएका थिए ।
प्रतिक्रिया