अछाम : चर्चित स्मृति युवा क्लब रामारोशन गाउँ पालिका वडा न ७ को आयोजना पालिका स्तरिय खुला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको प्रतिनिधि सभा सदस्य माननीय सांसद राम बिष्टले उद्घाटन गरे।
कार्यक्रममा मुख अतिथि रहेका सांसद बिष्टले खेलकुदमा लगानी र खेलाडीको विकास भयो भने राष्ट्रको प्रतिष्ठा उच्च हुनु बताए। खेलाडीले खेल मनोरञ्जन लागि मात्र नभएर समाजको र देशको गौरव लाई बढवा दिने गरि खेल खेल्नु पर्नेमा उनको जोड थियो।
खेल सहित अछामको समग्र विकासका लागि आफू सधै क्रियाशील रहेको उनको भनाई थियो। बाढी पहिरो बाट क्षेतिग्रस्त रामारोशनको पुन निर्माण र विकासका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउने रामारोशनबासीलाई उनले बचन दिए।
क्लबका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका बिशेष्ट अतिथि रहेका रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदले रामारोशनको खेलकुदको विकासका लागि आफू र आफ्नो सरकार लागि रहेको बताए। उनले आउने दिनमा रामारोशनको खेल जगतलाई अगाडि बढाउन उपयुक्त समय र ठाउँमा अध्यक्ष कप प्रतियोगिता गरिने प्रतिबदता व्यक्त गरे।
उद्घाटन कार्यक्रममा बिशेष्ट अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावलले रामारोशन क्षेत्रमा भलिबल खेल मात्र नभएर थुप्रै खेलको सम्भावना रहेकाले यसमा राज्यले लगानी बढाउनुपर्ने मा जोड दिईन।
कार्यक्रम वडा न ७ का अध्यक्ष खडक भण्डारी, नेपाली कांग्रेस अछामका पुर्व जिल्ला सचिव राम बहादुर शाही, नेपाल कम्युनिस्ट पाटीका जिल्ला सचिवालय सदस्य खकेन्द्र मानसिंह, जिल्ला सदस्य ललिता बुढा, नन्दलाल भण्डारी, नेकपा प्रतिनिधि बिर्ख भण्डारी, कांग्रेस प्रतिनिधि चन्द विक, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विक, कांग्रेस युवा नेता पुष्प बिष्ट, दल बहादुर साउद, विन्देश्वरी माविका प्रअ कुल बहादुर भण्डारी, अनेरास्ववियुका डम्बर अयडि, चन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो।
चित्र भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन नवीन भण्डारीले गरेका थिए। ४० हजार प्रथम पुरुस्कार राशी रहेको प्रतियोगिता ३ दिन सम्म सन्चालन हुनेछ भने १८ वटा टिमको सहभागीता रहेको छ।
प्रतिक्रिया