मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा अढाई वर्षमा ६५ किलोभन्दा बढी हेरोइन बरामद

सुदूरपश्चिममा अढाई वर्षमा ६५ किलोभन्दा बढी हेरोइन बरामद


५० भारतीयसहित ५९५ जना पक्राउ

धनगढी–प्रहरीले सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट गएको दुई वर्ष र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६५ किलो भन्दाबढी लागुऔषध हेरोइन बराद गरेको छ।  

प्रहरीले प्रदेशका बिभिन्न जिल्लाबाट आर्थिक वर्ष ०७५–०७६ देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६५ किलो १९७३ मिलिग्राम लागुऔषध हेरोइन पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । 

सोही अवधिमा प्रहरीले ८३ किलो ५५१९ ग्राम २६१५ मिलिग्राम चरेस र ४२ किलो ११९५ ग्राम २४ मिलिग्राम गाँजा बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार प्रहरी आव ०७५–०७६ मा ३ किलो १०८८ ग्राम ५१७ मिलिग्राम हेरोइन, ८ किलो २१९९ ग्राम १६०० मिलिग्राम चरेस र ४१ किलो ८५६ ग्राम २४ मिलिग्राम गाँजा बरामद गरेको थियो। 

आव ०७६–०७७ मा ६२ किलो ३१ ग्राम हेरोइन, ७२ किलो २०८१ ग्राम १०१५ मिलिग्राम चरेस र १ किलो ३३९ ग्राम गाँजा बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए। 

यस्तै, चालु आव ०७७–०७८ को कात्र्तिक मसान्तसम्ममा ३ किलो १२४७ ग्राम चरेस तथा कैलालीबाट ४४ ग्राम ६०० मिलिग्राम र कञ्चनपुरबाट ८५६ मिलिग्राम हेरोइन बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। 

प्रहरीले सो अवधिमा लागुऔषध ओसार पसार र बिक्रीवितरणमा संलग्न ३१ महिलासहित ४९५ नेपाली र ५० जना भारतीयलाई पक्राउ गरेको सिंहले बताए। उनले सो अवधिमा लागुऔषध ओसारपसार तथा बेचबिखनका ३६१ मुद्दा दर्ता भएको बताए । 

सिंहका अनुसार प्रहरीले सो अवधिमा कैलालीबाट ३०९ ग्राम १०६१ मिलिग्राम, कञ्चनपुरबाट ६२ किलो ४८२ ग्राम ९१२ मिलिग्राम, दार्चुलाबाट ३ किलो ८०० ग्राम हेरोइन बरामद गरेको छ। 

यस्तै, कैलालीबाट १६ किलो ९२१ ग्राम ५०० मिलिग्राम, कञ्चनपुरबाट २५ किलो ५२१ ग्राम ५११ मिलिग्राम, डडेल्धुराबाट ८९८ ग्राम १५६० मिलिग्राम, बझाङबाट ३७ किलो २१७ ग्राम २४ मिलिग्राम, बाजुराबाट २ किलो १४८६ ग्राम, डोटीबाट ५ ग्राम २० मिलिग्राम, दार्चुलाबाट ८३० ग्राम, बैतडीबाट ३ किलो ६१२ ग्राम र अछामबाट २९ ग्राम चरेस बरामद गरेको छ ।

यस्तै, सो अवधिमै कैलालीबाट ५ किलो ४३९ ग्राम, बझाङबाट ३७ किलो २१७ ग्राम २४ मिलिग्राम गाँजा बरामद गरेको उनले बताए। 
सो अवधिमा लागुऔषध कारोबार तथा बेचबिखनमा संलग्न कैलालीबाट ३६ भारतीयसहित २९३ जना, कञ्चनपुरबाट १४ भारतीयसहित २०३ जना, डडेल्धुरबाट ५, बझाङबाट २७ जना, बाजुराबाट ६, डोटीबाट २, दार्चुलाबाट ४, बैतडीबाट ३ र अछामबाट २ जना पक्राउ परेको सिंहले बताए । 

लागुऔषध कारोबार तथा बेचबिखनमा कैलालीमा २०१, कञ्चनपुरमा १२३, डडेल्धुरामा ५, बझाङमा १६, बाजुरामा ५, डोटीमा २, दार्चुलामा ४, बैतडीमा ४ र अछाममा १ मुद्दा चलाइएको उनले बताए।