मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक आज बस्दै, ओलीले जवाफ दिने तयारी

नेकपा सचिवालय बैठक आज बस्दै, ओलीले जवाफ दिने तयारी


काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्नेछन् ।

यसकै लागि मंसिर ३ गतेबाट आजसम्मका लागि बैठक सारिएको थियो । प्रतिवेदनमा पार्टीभित्रको गतिरोधको निकासदेखि महाधिवेशसम्मका विषय समावेश गरिएको स्रोतले बताएको छ । 

यसअघी सचिवालय बैठकको पूर्वसन्ध्यामा शुक्रबार साँझ सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको थियो । पोखरेल गौतमलाई भेट्न गौतम निवास भैसेपाटी पुगेका थिए ।  

गौतमलाई आफ्नो पक्षमा ल्याउन सके सचिवालयमा बहुमत पुग्ने अपेक्षासहित ओलीले पोखरेललाई आफ्नो सन्देशसहित गौतम निवास पठाएका थिए । यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।

उनले आफूलाई समर्थन गरे सरकारमा रोजेर मन्त्रीपद दिनेसमेत आश्वासन दिएका थिए ।  जवाफमा गौतमले पहिला स्वच्छाचारी पवृत्ति त्याग्न सुझाव दिएका थिए । नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ ।

प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।