मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी फुट्नु हुदैन भन्नेमा सबैको जोड छ : प्रवक्ता श्रेष्ठ

पार्टी फुट्नु हुदैन भन्नेमा सबैको जोड छ : प्रवक्ता श्रेष्ठ


काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित रुपमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।

यसअघि अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफ स्वरुप ओलीले लिखित विचार पेश गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राखेका पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । सबैले पार्टीको समस्या र संकट समाधान गर्न छलफल, बहस र अन्तरसंघर्षलाई सहि दिशा दिनुपर्नेमा जोड दिएका पनि श्रेष्ठले बताए ।

‘सबैजनाले यो बहसले पार्टी एकतामा विचलन पैदा हुने फुटतर्फ जाँने सोच्न पर्दैन भन्ने धारणा राखे ।’ श्रेष्ठले भने। दुवै अध्यक्षका प्रस्तावको अध्ययन, छलफल र गृहकार्य गरेर १६ गते १ बजे धुम्बाराहिमा बस्ने र अवस्था हेरेर यी प्रस्ताव १८ गतेको स्थायी कमिटि र तल्ला तहमा पनि बहसको लागि पुग्ने प्रवक्ता श्रेष्ठले बताए ।