मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा १९ कोरोना संक्रमितको मृत्यु, कुल संख्या १,४५४ पुग्यो

२४ घण्टामा १९ कोरोना संक्रमितको मृत्यु, कुल संख्या १,४५४ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १९ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ । 

सोही अवधीमा १ हजार ३८० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ५१५ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ७२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । 

हालसम्म संक्रमित मध्ये २ लाख ११ हजार १८६ निको भइसकेका मन्त्रालयले जनाएको छ ।