मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला कुटानी पिसानी मिलको उद्ध्घाटन

महिला कुटानी पिसानी मिलको उद्ध्घाटन


अछाम : चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्रामा महिला कुटानी पिसानी मिलको उद्ध्घाटन गरिएको छ ।

५ लाख वडाको, २ लाख कालिका महिला कुटानी पिसानी सहकारीको र १ लाखका जनश्रमदान गरी ८ लाखको लगानीमा मिल सञ्चालनमा ल्याईएको हो । \

आज एक कार्यक्रममा बिच नेपाली काँग्रेसका पुर्ब जिल्ला पार्टी सभापति मेघराज खड्काले उद्घाटन गरे । उनले महिला कुटानी पिसानी मिलले अब यस क्षेत्रका जनतालाइ सहज हुने बताए।

सानु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष टेक बहादुर खड्का,नेपाली काग्रेसका क्षेत्रिय सदस्य महेश खड्का,वडा सदस्य धन बहादुर खाती,नेबि संघका तपेन्द्र खड्का,शिक्षक संघ चौरपाटीका कृष्ण खड्का रहनु भएको थियो ।