अछाम : अछाम एक अलपत्र परेकी महिलाको उद्दार गरिएको छ। जिल्लाको साँफेबगर नगरपालिका अन्तर्गत वडा न. ७ नजिकै बयालपाटा अस्पताल अलपत्र अवस्थामा रहेकी भारतीय महिलाको उद्दार गरिएको हो।
बिगत ४ दिन देखि अलपत्र भएकी ति भारतीय बृद्ध महिलाकाे समाजसेबी एबम कांग्रेस नेता राजन कुँवरको पहलमा उद्दार गरिएको हो। कांग्रेस महासमिति सदस्य रहेका समाजसेबी कुवरले ती महिलालाई उद्दार गरि उपचारको लागि बयालपाटा अस्पतालमा राखिएको जानकारी दिए ।
अलपत्र रहेकी ति बृद्ध महिलालाई उपचार पछि ल्याक नेपालद्वारा साफेबगरमा सञ्चालित सेब हाउसमा राखिने समाजसेबी कुँवरले बताए ।
भारतकाे युपि प्रदेश घर बताउने ती महिला असाेज महिना देखि साफेबगर नगरपालिका ७ रिडिकाेटकाे क्वारेन्टाईनमा बसेकाे र बिरामी भएपछि रिडिकाेटका केहि युवाको पहलमा बयालपाटा अस्पताल भर्ना गरिएको थियो। सामान्य उपचार पछि ति महिला गएकी थिन।
ती महिलाको बारेमा आफुले साफेबगरका नगर प्रमुख कुल बहादुर कुँवरलाई जानकारी गराएकाे वडा अध्यक्ष मिट्ठु भाटले बताए । अब पूर्णरुपमा निको भएपछी सेब हाउसमा राखिने छ।
प्रतिक्रिया