मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन अहिलेसम्मकै धेरै १३ हजार २९६ संक्रमितको मृ’त्यु

एकैदिन अहिलेसम्मकै धेरै १३ हजार २९६ संक्रमितको मृ’त्यु

७ लाख ४७ हजार संक्रमित थपिए


७ लाख ४७ हजार संक्रमित थपिए 

काठमाडौं । विश्वमा कोरोना संक्रमण फैलिएयताकै सबैभन्दा धेरै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ हजार २९६ जनाको मृत्यु भएको छ ।

यसअघि एकैदिन सबैभन्दा धेरै अप्रिल १७ मा १२ हजार ४८२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ८२ छ । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।

यसअघि सबैभन्दा धेरै नोभेम्बर १४ मा ६ लाख ६८ हजार ९५३ मा संक्रमण पुष्टि भएको थियो । 

विश्वका धेरै देशमा केही समय कमी आएको संक्रमण दर पुनः बढ्न थालेपछि दैनिक संक्रमित तथा मृत्यु हुने दर पनि बढ्दै गएको छ ।  

हालसम्म कोरोनाका कारण विश्वमा १४ लाख ३९ हजार ७८४ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ६ करोड १२ लाख ९९ हजार ३७१ पुगेको छ ।