मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ रक्षामन्त्री फेङहे आज नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री फेङहे आज नेपाल आउँदै

सुदूर आज

काठमाडौं– चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे एक दिने औपचारिक भ्रमणका लागि आज आइतबार बिहान नेपाल आउँदैछन्। 

२० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी १० बजे काठमाडौं आईपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भारतका विदेशसचिव हर्षबर्धन शृंगलाको दुई दिने भ्रमण लगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको औपचारिक भ्रमणलाई चासोका साथ हेरिएको छ। 

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । चिनियाँ रक्षामन्त्री फेङहेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्ने बताइएको छ।

त्यसपछि उनले  प्रधानमन्त्री केपी शर्मा ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  

आजै उनी काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले शनिबार मात्रै चिनियाँ मन्त्री वेईको नेपाल भ्रमण बारे औपचारिक जानकारी गराएको हो।