काठमाडाैं । लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान [Everest Experience Flight] सुरू गरेको छ । यसले पर्यटनलाई केही गति प्रदान गर्नेछ ।
आउँदो शनिबार डिसेम्बर ५ देखि सुरू हुने यो माउण्टेन फ्लाइटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ ।
बुध्द एयरले यसका लागि रु. ८ हजार ९ सय भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ ।
प्रतिक्रिया