मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब एकजुट भएर रणनीति कार्यान्वयनमा लाग्छौं : गोल्छा

अब एकजुट भएर रणनीति कार्यान्वयनमा लाग्छौं : गोल्छा


काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले सबै एकजुट भएर रणनीति कार्यान्वयनमा लाग्ने बताएका छन्। 

गोल्छाले आइतबार सबै मिलेर यसअघि तयार पारिएको रणनीति कार्यान्वन गर्ने र समुन्नत मुलुक निर्माणमा लागि पर्ने बताएका हुन्।

उनले भने, ‘संस्थाको नेतृत्व गर्ने अवसर दिएकोमा सबैलाई धन्यवाद। अब एकजुट भएर  सम्मानित निजीक्षेत्रलाई अगाडि बढाउँछौं।’ 
शनिबार सम्पन्न महासंघको ५४औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। 

विधानअनुसार गोल्छा स्वतः अध्यक्ष भएका छन्। उनले आजदेखि संस्थाको नेतृत्व सम्हालेका छन्। गोल्छा यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए। 

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी मैदानमा थिए। ढकाल निर्वाचित भएका छन्। गोल्छाले भने प्रधान प्यानलाई सघाएका थिए।