मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा २५ कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा २५ कोरोना संक्रमितको मृत्यु

एकहजार २५५ नयाँ संक्रमित थपिए


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एकहजार ४ सय ७९ पुगेको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २ सय ५५ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या अब २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कूल १७ लाख २७ हजार ८ सय ३६ पीसीआर परीक्षण गरिएको छ ।