अछाम : लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सासु बुहारी तथा परिवारका सदस्यसँग अन्तरक्र्रिया कार्यक्रम ठुलासैनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालीका महिला बालबालीका तथा जेष्ठ नागरिक शाखाको सहयोग तथा वडा नम्बर ६ का आयोजनामा भएको अन्तरक्र्रियामा लैगिङ्क विभेद सम्बन्धीको बिषयमा छलफल गरिएको थियो ।
वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले गाउँघरमा हुने गरेका विभिन्न प्रकारका हिंसा न्युनिकरणका लागी सबैले साथ दिनु पर्ने बताएका थिए । समुन्नत समाज निर्माणका लागी सबैको साथ आवश्यकता रहेकाले महिला दिदिवहीनीलाई निर्णायह तहमा पुरयाउन जरुरी रहेको बताएका थिए ।
लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता नाराका साथ भएको कार्यक्रमका प्रमुख अतिथी मंगलसेन नगरपालीका कार्यपालीका सदस्य भावना विकले महिला तथा पछाडी पारिएका वर्गको हक अधिकारका लागी सबैले आवाज उठाउनु पर्ने बताए । महिला दिदिवहीनीले आफ्नो अधिकार मागेर भन्दा खोसेर लिन सक्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष भण्डारीले घर भित्र वा बाहिर हुने घटनालाई समाजमा लुकाएर नराख्न आग्रह गर्नु भयो । हिसांमा परेका न्याय दिनका लागी आफु जहीले पनी लागी पर्ने बताए । मदिरा बिक्रि तथा सेवनका कारण समाजमा महिला माथि हुने हिसां बढीरहेकाले यसलाई ब्याबस्थापनमा सबैले साथ दिनु पर्ने बताए ।
वडाका जनप्रतीनीधी, प्रहरी, पत्रकार, सरोकारवाला लगाएतको सहभागीता रहेको छलफल कार्यक्रमको सहजीकरण तथा संञ्चालन मंगलसेन नगरपालीका महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखा अधिकृत जयलक्ष्मी जोशीले गरेका थिए ।
प्रतिक्रिया