अछाम : जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।
जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रकाे पिसिआर परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा नगरप्रमुख देवराज देवकोटालाई संक्रमण पुष्टि भएको थियो ।
नगरप्रमुख देवकोटालाई कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भए पछि नगरपालिकाका अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण काम बन्द गर्ने गरि नगरपालिका सील गरिएको नगरपालिकाका निमित्त प्रशाशकीय अधिकृत पदम बहादुर माझीले जानकारी दिए ।
प्रतिक्रिया