मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा २९ जना कोरोना संक्रमित मृत्यु

२४ घण्टामा २९ जना कोरोना संक्रमित मृत्यु


काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकअनुसार थप १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। भने देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ९३१ रहेको छ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ छ भने हालसम्म १ हजार ५०८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।