काठमाडौं । भारतमा कोेरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या १ लाख ३७ हजार १३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४४३ संक्रमितको मृ’त्यु भएको छ । सोही अवधीमा ३८ हजार ७७२ नयाँ संक्रमित थपिएका छन् ।
तथ्यांक अनुसार भारतमा ९४ लाख ३१ हजार ६९१ जनामा कोरोना संक्रमण भइसकेको छ ।
प्रतिक्रिया