मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्याधिक रक्तश्रावले अछाममा सुत्केरी महिलाको ज्यान गयो

अत्याधिक रक्तश्रावले अछाममा सुत्केरी महिलाको ज्यान गयो


अछाम- जिल्लामा एक सुत्केरी महिलाको मृ’त्यु भएको छ। जिल्लाकाे तुर्माखाद गाउँपालिका वडा नं ४ कि ३८ बर्षिय नामसरा बिकको जिल्ला अस्पताल अछाममा मृ’त्यु भएको हाे ।

सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी उनलाई जिल्ला अस्पतालमा ल्याईएको थियो। गएराति १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा उनको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिए ।

छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पुरयाईसकेपछी रक्तश्राव हुदा हुदै उनको ज्यान गएको उनले जानकारी दिए। नामसराको पेटको बच्चा नै पहीले मुत्यु भईसकेको थियो ‘डा भारद्धाजले भने, साढे ४ घण्टा ढिलो गरी अस्पतालमा पुरयाईएको कारण उनलाई बचाउन सकिएन।

नामसरालाई रगतको निकै अभाब थियो उनले भने रगतको ब्याबस्थान गर्दा गर्दै उनको ज्यान गयो। मृत् शिसु जन्मेको ३ घण्टा पछि सुत्केरी महिलाको उच्च रक्तस्रावका कारण मृ’त्यु भएको प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रशाद उपाध्यायले जानकारी दिए ।