अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सचिवलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा महासंघका सचिव साँउदलाई कोरोना संक्रमण भएको हो ।
साँउदलाई कोरोना संक्रमण भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले पुष्टी गरे ।
पत्रकार साँउदले स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि कोरोना भाईरसका लागि स्वाब दिएका थिए ।
हाल आफु सुरक्षित होम आईश्वलेशनमा बसेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको पत्रकार साँउदले सुदूर आजलाई बताए ।
प्रतिक्रिया