मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा २१ संक्रमितको मृत्यु, १३०४ संक्रमित थपिए

२४ घण्टामा २१ संक्रमितको मृत्यु, १३०४ संक्रमित थपिए


काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो । 

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ । 

२४ घण्टाको अवधीमा १ हजार ३०४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार ७३ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १६ हजार ५९४ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३२९ पुगेको छ । १६ हजार ६३३ आइसोलेसनमा बसेका छन् भने ६१६ जना क्वारिन्टिनमा छन् ।